काठमाडौं । नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार राति भएको एलिमिनेटरमा लखनउलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा प्रवेश गरेको हो । जितको लागि २०८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो ।
लखनउका कप्तान केएल राहुलले ७९, दिपक होडाले ४५, मनन भोराले १९ तथा दुश्मन्था चामिराले ११ रन बनाए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो । बैंगलोरका लागि रजत पटीदरले अविजित ११२, दिनेश कार्तिकले अविजित ३७ तथा विराट कोहलीले २५ रन बनाए ।
लखनउका कुर्नाल पान्डय, मोसिन खान,अभेस खान र रबि बिश्नोईले १र१ विकेट लिए । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग फाइनल प्रवेशको लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ । फाइनल आइतबार अहमदाबादमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ १२ बिहीबार
Comments