काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तलब बढाएको छ । क्यानको मंगलबार बसेको बोर्ड बैठकले महिला र पुरुष दुबै खेलाडीको तलब बढाएको छ ।
क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाएको छ । यसअघि ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब बढेको तलब अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै महिलातर्फ क्यानले सी ग्रेडमा रहने खेलाडीको ५ हजार, ए र बी ग्रेडमा रहने खेलाडीको ६ हजारको दरले बढाएको छ । यसअघि सी ग्रेडका महिला खेलाडीले १० हजार पाउँदै आएका थिए । अव १५ हजार पाउनेछन् । बी ग्रेडका खेलाडील १२ हजारको दरले पाउँदै आएका थिए । अव बी ग्रेडमा रहने महिला खेलाडीले १८ हजार पाउनेछन् ।
ए ग्रेडमा रहने खेलाडीले यसअघि १५ हजार पाउँदै आएका थिए । अव मासिक २१ हजारका दरले पाउनेछन् । क्याननले मैदानका सम्पूर्ण कर्माचारीहरुको तलब ३ हजारका दरले बढाएको छ । मैदान कार्यलय सहयोगीको मासिक ५ हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारको दरले बढाएको छ ।
प्रकाशित मितिः २०७९ जेठ ११ बुधबार
Comments