काठमाडौँ । लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई २ रनले हराएर लखनउ प्ले अफमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।
जितको लागि २११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो ।
कोलकत्ताका लागि कप्तान श्रेयस आयरले ५०, नितिश रानाले ४२, रिन्कु सिंहले ४०, साम विलिङसले ३६ तथा सुनिल नारिनेले अविजित २१ रन बनाए ।
लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।
लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४०, कप्तान केएल राहुलले अविजित ६८ रन बनाए । यस सिजनमा कोलकत्ता, चेन्नई सुपर किंग्स र मुम्बई प्लेअफ दौडबाट बाहिरिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ०४ बिहीबार
Comments