काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले भोलीबाट नेपाल २४ ठाउमा ट्यालेन्ट हन्ट गर्ने भएको छ । पछिल्लो पटक श्रीलंकन प्रशिक्षकलाई अनुबन्ध गरेर प्रशिक्षण दिइरहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले दुई चरणमा गरेर ट्यालेन्ट हन्ट गर्ने भएको छ ।
जसमा पहिलो चरणको ट्यालेन्ट हन्ट भोलीबाट सुरु हुनेछ । पहिलो चरणमा १० ठाउमा ट्यालेन्ट हन्ट हुने भएको छ । जसमा बैशाख २१ गतेदेखि २७ गतेसम्म हुनेछ । पहिलो चरणमा बैशाख २१ मा झापा र बिराटनगर, २२ मा राजबिराज, २३ मा लाहान र जनकपुर, २४ मा मलग्वा, २५ मा गौर, २६ मा कलैया र बिरगञ्ज र २७ मा हेटौंडामा हुनेछ ।
दोस्रो चरणको ट्यालेन्ट हन्ट जेठ दुई गतेबाट सुरु हुनेछ । जसमा धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङ्जा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, बर्दिया धनगढी र महेन्द्रनगरमा हुनेछ ।
प्रकाशित मितिः २०७९ बैशाख २० मंगलबार
Comments