काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो । तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । तीन टी–२० र तीन एकदिवशीय खेलको शृंखलाका लागि जिम्बावे ए टोली नेपाल भ्रमणमा छ ।अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७९ बैशाख १९ सोमबार
Comments