काठमाडौं । प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीले एपीएफलाई १२६ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको ट्यालेन्ट हन्टले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
अर्सदउर्जमान बारिनायोले सर्वाधिक ३० रन बनाउँदा सारिएयोर रिमोनले २२ रन बनायो । राज बम २१ तथा आशिस रतन्मले १९ रन बनाएका थिए । अविदुर कैफले १६ रन बनाए । प्रदीप ऐरी र भुवन कार्कीले दुई दुई विकेट लिए । दुवै टिम आज पहिलो जितको खोजिमा रहेका छन् ।
प्रकाशित मितिः २०७८ चैत २९ मंगलबार
Comments