काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले हराएको हो ।
लेभान्टेको मैदानमा एक गोलले पछि परेपनि बार्सिलोनाले पुनरागमन गरेको थियो । खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ५९ औं मिनेटमा पिएरे एम्रिक अबेमियाङले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६३ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
८३ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा लुक डी जोङले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३० खेलमा ६० अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । एजेन्सी
लेभान्टे २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत २८ सोमबार
Comments