काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्टले पहिलो जित दर्ता गरेको छ । मुम्बईस्थित ब्राबर्न स्टेडियममा बिहीबार राति भएको लखनउले साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो ।
नवप्रवेशी क्लब लखनउको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । गएराति चेन्नईले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।
जितसँगै लखनउले दुई खेलमा दुई अङ्क जोडेको छ । चेन्नईले भने दुवै खेल हारेको छ । यसअघि पहिलो खेलमा कोलकत्ता नाइट राइडर्ससँग हारेको चेन्नई अङ्कविहीन छ ।
प्रकाशित मितिः २०७८ चैत १८ शुक्रबार
Comments