एजेन्सी, १८ बैशाख । इङ्लिस प्रिमियर लिगको उपाधि निकै नजिक रहेको चेल्सीले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हराएको हो । चेल्सीका लागि पेड्रोले ६६ औँ मिनेटमा, चहिलले ७९ औँ मिनेटमा र विलियनले ८६ औँ मिनेटमा गोल गरे ।
जितसँगै चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको ३४ खेलबाटै ७७ अंक रहेको छ ।
राति नै भएको खेलमा टोटेनह्यामले आर्सनललाई २–० गोल अन्तरले हराएको थियो । टोटनह्यामका लागि डेल अलीले ५५ औँ मिनेट र पेनाल्टीमार्फत ह्यारी केनले ५८ औँ मिनेटमा गोल गरे । जितपछि चेल्सीको ३४ खेलबाट ८१ अंक छ भने लिगमा चार खेल खेल्न बाँकी छँदा टोटनहृयामको ७७ अंक छ ।
यस्तै राति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड र स्वान्सी सिटीले एक एकको बराबरी गरेका छन् । मिडल्सवर्ग र म्यानचेस्टर सिटीले पनि दुई दुई गोलको बराबरी गरे ।
चेल्सी र टोटेनह्याम विजयी
0
Share.
Comments