काठमाडौं । आईसीसी महिला विश्वकपमा आयोजक न्युजिल्यान्डले प्रतियोगितामा पहिलो जित निकालेको छ। बंगलादेशलाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्डले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो।
वर्षाका कारण २७ ओभरमा घटाइएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले किवी टोली सामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उक्त लक्ष्य घरेलु टोलिले ४२ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा गर्यो ।
पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर फरगना हकले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दा अर्की ओपनर समिमा सुल्तानले ३३ रन बनाएकी थिइन। तर त्यसपछि बंगलादेशका कुनै पनि ब्याटरले गतिलो इनिङ खेल्न सकेनन्। न्युजिल्यान्डका लागि एमी सटरथ्वाइटले ३ विकेट लिएकी थिइन।
१ सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको न्युजिल्यान्डले १ विकेट गुमाएर सहज रुपम लक्ष्य पुरा गर्योल। कप्तान सोफाइन डेभिन १४ रनमानै आउट भएपनि त्यसपछि सुजाई बटेस र एमिलिया केरले दोस्रो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टीमको पहिलो जित निश्चित गरेका थिए। प्लेयर अफ द म्याच घोषित बाटेस ७९ रनको अविजित इनिङ खेल्दा केर ४७ रनमा नटआउट रहिन्। बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिएकी थिइन्।
प्रतियोगितामा न्युजिल्यान्डको यो पहिलो जित हो। यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोलि वेस्टइन्डिजसँग ३ विकेटले पराजित भएको थियो। यसअघि बंगलादेश भने दक्षिण अफ्रिकासँग ३२ रनले पराजित भएको थियो।
प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार
Comments