काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार न्यूरोड टिम एनआरटीविरुद्धको पहिलो हाफमा नेपाल पुलिस क्लबले अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले १२ औं मिनेटमा अग्रता लिएको छ ।
रवि पासवानको गोलबाट पुलिसले अग्रता बनाएको थियो । दोस्रो स्थानमा लिगको अन्त्य गर्ने सम्भावनालाई जीवित राख्न एनआरटीले जित्नै पर्ने हुन्छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ ।
पहिलो हाफको अन्तिम मिनेटमा अन्जन विष्टको गोलबाट मनाङले अग्रता लिएको थियो । १२ औं चरणको समाप्तीमा एनआरटीको २० अंकसहित चौथो स्थानमा छ । पुलिस १२ अंकसहित ११ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७८ फागुन १४ शनिबार
Comments