काठमाडौं । कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र रुस्लान थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका उल्लेख्य मुभ बनाउन सकेका छैनन् ।
रेलिगेसनमा परिसकेको बिबिसीविरुद्ध थ्री स्टारले सुरुवाती ११ मा नयाँ खेलाडीलाई मौका दिएको छ । मिडफिल्डर मनग्य नकर्मी र डिफेन्डर अश्विन भट्टराईले पहिलो रोजाईमा मौका पाएका छन् । यस्तै डिफेन्डर मिन बहादुर धिमालले पनि पहिलो रोजाईमा बिबिसीविरुद्ध खेलिरहेका छन् । आयुष घलान, निशान खड्का र सेम मार्टन बेञ्चमा रहेका छन् ।
प्रकाशित मितिः २०७८ फागुन १३ शुक्रबार
Comments