काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारकाे विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले १-१ गाेलकाे बराबरीमा राेकिएका हुन् । सुरूवाती अग्रता जाेगाउन नसक्दा पुलिस अंक बाँड्न बाध्य बन्याे । खेल सुरू भएकाे २५ सेकेन्डमै सुमन लामाले गाेल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई १-१ काे बराबरीमा ल्याए । याे नतिजासँगै १२ खेलबाट १५ अंक जाेडेकाे एपिएफ आठाैं तथा समान खेलबाट १२ अंकका साथ पुलिस ११ औं स्थानमा यथावत छन् ।
प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार
Comments