एजेन्सी, ११ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो । युनाइटेडको जितमा एन्थोनी मार्सल र वायन रुनीले गोल गरे ।
जाल्टन इब्राहिमोविच बिना खेलेको पाँचौं स्थानको युनाइटेडको जितपछि ३२ खेलबाट ६३ अंक भएको छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि छ ।
राति नै भएको अर्को खेलमा लिभरपुल क्रिष्टल प्यालेससँग पराजित भयो । क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । प्यालेसको जितमा दुवै गोल क्रिष्टियन बेनटेकले गरे ।
हारपछि तेस्रो स्थानको लिभरपुलको ३४ खेलबाट ६६ अंक भएको छ । लिभरपुल दुई खेल कम खेलेका चौथो र पाँचौं स्थानका म्यानचेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड भन्दा दुई र तीन अंकले अघि छ ।
म्यानचेस्टर युनाइटेड विजयी
0
Share.
Comments