काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको जारी फाइनलमा विभागिय टोली नेपाल एपिएफ क्लबले अर्को विभागीय नेपाल पुलिस क्लब समक्ष १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनायो । एपिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९, लोकेश बमले २७, सन्दीप जोराले २४ को योगदान दिए ।
पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले र सागर ढकाल ३-३, गुल्सन झाले २ तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट हात पारे ।
प्रकाशित मितिः २०७८ माघ ०५ बुधबार
Comments