काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट छैटौं चरणको खेलहरु सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम बिच प्रतिस्पर्धा हुनेछ ।
११औं स्थानमा रहेको एपीएफ र सातौं स्थानमा रहेको न्युरोडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । न्युरोड आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार ल्याउन चाहन्छ भने एपीएफ पनि शीर्ष पाँचमा उक्लीन चाहन्छ ।
यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ जुन खेल साझँ ४ः४५ बजे सुरु हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोड्दै दशौँ स्थानमा छ भने फ्रेन्ड तालिकाको पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस ०९ शुक्रबार
Comments