एजेन्सी, २४ चैत । टोटनह्यामले खेलको अन्तिम समयमा शानदार पुनरागमन गर्दै पहिलो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने सपना कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको टोटनह्यामले स्वान्सी सिटीलाई ३–१ ले हरायो । खेलमा अग्रता भने ११ औं मिनेटमा वायन रुटलेड्जको गोलबाट स्वान्सीले लिएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा डेल अली, सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाए ।
यो जितसँगै टोटनह्यामले शीर्ष स्थानको चेल्सीमाथिको दबाब कायम राख्दै पहिलो पटक लिग उपाधि जित्ने सम्भावना पनि कायम राखेको छ ।
जितपछि टोटनह्यामको ३० खेलबाट ६५ अंक भएको छ । उ शीर्ष स्थानको चेल्सी भन्दा सात अंकले पछि छ । राति नै भएको खेलमा तेस्रो स्थानको लिभरपुल भने बोर्नमाउथसँग २–२ को बराबरीमा रोकियो । लिभरपुलका लागि फिलिप कोन्टिन्हो र डिभोक ओरिगीले गोल गरे । बोर्नमाउथका लागि बेनिक एफोबे र जोशुए किङले गोल गरे । बराबरी पछि लिभरपुलको ३१ खेलबाट ६० अंक भएको छ ।
टोटनह्यामको उपाधि जित्ने सम्भावना कायमै
0
Share.
Comments