काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौँ चरणसम्मका खेल तालिका सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ-एन्फाले तालिका सार्वजनिक गरेको हो। सोमबारदेखि सुरुका चार चरणका खेलहरु सकिँदैछन्। एन्फाका अनुसार अब मनाङ मर्स्याङ्दी क्लबले पाचौँ, सातौँ र आठौँ चरणका खेलहरु पोखरा रंगशालामा खेल्ने छ।
पोखरा रंगशालालाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने बताएको मनाङले पाचौँ चरणमा नेपाल पुलिस क्लब, सातौँ चरणमा ब्रिगेड ब्वाइज क्लब र आठौँ चरणमा च्यासल युथ क्लबसँग खेल्ने छ। त्यस्तै मनाङले छैटौँ चरणको खेल भने दशरथ रंगशालामा मच्छिन्द्रसँग खेल्ने छ।
४ खेल खेलिसक्दा मनाङ १० अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको पनि १० अंक छ। त्रिभुवन आर्मी क्लब र संकटाको समान ८ अंक छ।
प्रकाशित मितिः २०७८ मंसिर २७ सोमबार
Comments