काठमाडौं । चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ ।
यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।
पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिगको नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
चाइजिन सुपर लिगलाई दर्शकहरूका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरूका लागि पनि आकर्षक लिगका रूपमा लिइन्छ ।
यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरू विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्दैछन् ।
ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरू प्रशारण गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २६ आइतबार
Comments