काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा आयोजना हुने भएको छ।
कोरोना भाईरसको महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल दर्शक बिना हुने भएको हो । बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा डिसेम्बर ९ मा हुनेछ ।
जर्मनीमा कोरोना भाईरसको महामारीको संक्रमण बढ्दै गएपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ई मा रहेको छ । बायर्न नकआउट चरणमा प्रवेश गरिसकेको छ ।
बार्सिलोनाका लागि भने यस खेल महत्वपूर्ण रहेको छ । बायर्नलाई पराजित गरेमा बार्सिलोनाले नकआउट चरणमा स्थान बनाउने छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १८ शनिबार
Comments