काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ गोल अन्तरले पाराजित गरेको हो ।
चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा मासन माउन्टले २९औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा इमानुएल डेनिसले गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, खेलको ७२ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
यस जितसँगै चेल्सी १४ खेलमा ३३ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । १३ अंक जोडेको वाट्फोर्ड १७ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर १६ बिहिबार
Comments