काठमाडौं । औंलाको चोटका कारण टी–ट्वान्टी विश्वकप गुमाएका बंगलादेशका ब्याट्समेन तमिम इकबालले पाकिस्तानविरुद्धको सिरिज पनि गुमाउने भएका छन् ।
इकबालले हातको बुढी औंलाको चोट बोकेको बताइएको छ । बंगलादेशले पाकिस्तानसँग १९ नोभेम्बरबाट टी–ट्वान्टी र टेस्ट सिरिज खेल्दैछ ।
“मेरो लगभग निको भएको थियो । तर, पछि एउटा एक्सरे गर्नु kर्ने भयो । मलाई क्रिकेटमा फर्कन अझै केही समय लाग्छ,” इकबालले भने ।
बंगलादेश र पाकिस्तानबीचको टेस्ट सिरिज २६ नोभेम्बरबाट सुरु हुनेछ ।
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments