काठमाडौं । टी–ट्वान्टी विश्वकपको रोमाञ्चक सेमिफाइनल प्रतिस्पर्धामा इंग्ल्यान्डलाई पाँच विकेटले हराएर न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । न्युजिल्यान्ड अब १४ नोभेम्बरमा हुने फाइनल प्रतिस्पर्धामा पाकिस्तान र अष्ट्रेलियाबीच हुने सेमिफाइनल विजेतासँग भिड्नेछ ।
इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर निर्धातिर २० ओभरमा १६६ रन बनाएको थियो । न्युजिल्यान्डले ६ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।
जेम्स निशम जब ब्याटिङमा आएका थिए न्युजिल्यान्डलाई २९ बलमा ६० रन चाहिएको थियो । तर निशमले जब ११ बलमा २७ रनको आक्रामक ब्याटिङ गरे त्यसपछि १२ बलमा २० रन आवश्यक रहेको थियो ।
अर्कोतर्फ टिकेर खेलिरहेका डेरिल मिशेलले जब १९ औँ ओभरमा दुई छक्का र एक चौकाका हिर्काउँदै २० रन बनाए न्युजिल्यान्डले खेल एक ओभर बाँकी रहँदै पाँच विकेटले जित्यो । डेरिल मिचेलले ४७ बलमा अविजित ७२ रनको पारी खेले र न्युजिल्यान्डलाई यादगार जित दिलाए ।
१६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डको सुरुवात खराब थियो । ओपनर मार्टिन गुप्टिल पहिलो ओभरमा आउट भएका थिए । उनलाई आउट गरेका क्रिस वोक्सले आफ्नो दोस्रो ओभरमा न्युजिल्यान्डका कप्तान केन विलियम्सलाई समेत आउट गरे । विलियम्सले मात्र ५ रन बनाउन सके ।
प्रकाशित मितिः २०७८ कार्तिक २५ बिहिबार
Comments