एजेन्सी, १३ चैत । विश्वकप छनौट अन्तर्गत गएराति भएको खेलमा फ्रान्स विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ए शीर्ष स्थानमा रहेको फ्रान्सले लग्जेम्बर्गलाई ३–१ ले हरायो ।
अवे मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । लग्जेम्बर्गका लागि जोएचिमले एक गोल फर्काए ।
समूह ए अन्तर्गतकै अर्को खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले हरायो । स्वीडेनको जितमा सेस फाब्रिगासले दुई तथा बेर्ग र थिलिनले एक एक गोल गरे ।
जितपछि समूह ए को शीर्ष स्थानमा रहेको फ्रान्सको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको स्वीडेनको १० अंक भएको छ । अर्को खेलमा बुल्गेरियाले नेदरल्याण्डसलाई २–० ले हरायो ।
फ्रान्स र स्वीडेन विजयी
0
Share.
Comments