काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार दुई ठूला क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार राति सवा ९ बजे युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।
युनाइटेड घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुललाई हराएर अंक तालिकामा सुधार गर्ने प्रयासमा हुनेछ । हाल उ आठ खेलमा चार जित र समान २ बराबर र हारको नतिजा सहित १४ अंक जोडेर छैटौं स्थानमा छ ।
लिभरपुल पनि युनाइटेडलाई पराजित गर्दै शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी घटाउने सोचमा छ। हाल उ ८ खेलमा ५ जित र ३ बराबरीको नतिजासहित १८ अंक जोडर तेस्रो स्थानमा छ । युवा खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान लगाउन सकिन्छ ।
युनाइटेडलाई क्रिस्टियानो रोनाल्डो, पल पोग्वा, मेसन ग्रिनउडजस्ता खेलाडीको साथ हुनेछ । लिभरपुल मोहम्मद सलाह, सादियो माने, रोबर्टो फिर्मिनोजस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ।
यी दुईले हालसम्म २३५ खेलमा एक अर्काको सामना गर्दा युनाइटेड ८९, लिभरपुल ७८ खेलमा विजयी हुँदा ६८ खेल बराबरीमा सकिएको छ ।
इंग्लिस प्रिमियर लिगमा यी दुईले पहिलोपटक सन् १९०६ मा एक अर्काको सामना गरेका थिए । यो खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।
सन् २०२१ मा भएको पछिल्लो भेटमा लिभरपुल ४-२ ले विजयी भएको थियो ।
प्रकाशित मितिः २०७८ कार्तिक ०७ आइतबार
Comments