काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको नवौं मिनेटमा इअनिस हागीले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए ।
तर, ५२ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई २-१ को जित दिलाए ।
यस जितसँगै समूह ‘जे’ को जर्मनीले ७ खेलमा १८ अंक जोडेको छ । जर्मनी समूहको शीर्ष स्थानमा रहेको छ ।
रोमानिया १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २३ शनिबार
Comments