काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले ७ ओभरमा झारिएको खेलमा ६ विकेट गुमाएर ५१ रन बनाएको छ । ललितपुरका लागि सान्दुन विराकोडीले १९, नारायण जोशीले ११ र ओशाडा फर्नान्डोले अविजित १० रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराका नन्दन यादवले ३, विक्रम सोबले २ र केस्रिक विलियम्सले १ विकेट हात पारे । मंगलबार राति परेको वर्षाका कारण मैदान हिलाम्मे भएकाले टसमा ढिलाइ हुँदा खेललाई सात ओभरमा झारिएको हो ।
प्रकाशित मितिः २०७८ असोज १३ बुधबार
Comments