काठमाडौं । इटालियन क्लब रोमाका प्रशिक्षक जोसे मोरिन्होले प्रशिक्षकको रुपमा १००० खेल पूरा गरेका छन् ।
सिरी ए अन्तर्गत आइतबार राति सासोउलोविरुद्धको खेलसँगै मोरिन्होले १००० खेलको कोशेढुंगा पूरा गरेका हुन् ।
मोरिन्होले प्रशिक्षकको रुपमा १००० खेल खेल्दा ६ सय ३८ खेल जितेका छन् । यस्तै २ सय ५ खेल बराबरीमा सकिएको छ भने १ सय ५७ खेलमा हार व्यहोरेका छन् । मोरिन्होले कोशेढुंगा पूरा गरेको खेलमा रोमाले सासोउलोलाई २-१ ले हराएको छ । रोमाको जितमा ब्रायन क्रिस्टान्टे र स्टेफन एल शरावेले एक एके गोल गरे । सासोउलका फिलिपले एक गोल फर्काए ।
रोमा ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २८ सोमबार
Comments