काठमाडौं । मेम्फिस डेपे चम्किएका खेलमा नेदरल्याण्ड्सले विश्वकपको युरोपियन छनोटमा शानदार जित निकालेको छ ।
शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४-० को जित निकालेको हो । डच टिमको जितमा डेपेले दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक एक गोल गरे ।
दुसान लागेटरले बार्सिलोनाका फरवार्डलाई डिबक्सभित्र लडाएपछि डेपेले पेनाल्टीमा गोल गरेका थिए । डेपेले दोस्रो हाफमा टिमको अग्रतालाई दोब्बर बनाए ।
तेस्रो गोल जर्जिन्हो विजनाल्डम र चौथो गोल कोडी गक्पोको नाममा रह्यो । गाक्पोले देशका लागि पहिलो गोल गरेका हुन् । उनी पीएसभी इन्डोभानबाट व्यवसायीक फुटबल खेल्नछन् ।
डेपेले डच टिमका लागि ३० गोल पुरा गरेका छन् । उनले ९ गोल पछिल्ला ९ खेलमा गरेका हुन् । नेदरल्याण्ड्स १० अंक सहित दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंक सहित चौथो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २० आइतबार
Comments