काठमाडौं । सहभागी पाँच राष्ट्रबीच राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल अक्टोबर १३ मा हुनेछ । सबै खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा हुनेछ ।
नेपालले साफका लागि अहिले पोखरामा प्रशिक्षण गरिरहेको छ । साफ अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल अहिलेसम्म साफको फाइनल पुग्न सकेको छैन । साफको १३ औं संस्करणमा नेपाल, भारत, माल्दिभ्स,श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मितिः २०७८ भाद्र २ बुधबार
Comments