काठमाडौं । अब विश्वकपको छनोट चरणका खेलमा पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग हुने भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२२ को छनोट चरणका खेलमा पनि भिएआर प्रयोग हुने घोषणा गरेको छ ।
विश्वकप छनोटको अघिल्लो चरणको खेलमा भिएआर प्रयोग गरिने फिफाको कार्यकारी समितिले निर्णय गरेको हो । गत जुलाईमा नै यसबारे निर्णय भएको भएपनि युइएफएले बिहीबार आधिकारिक जानकारी दिएको स्पेनिस मिडिया मार्काले जनाएको छ ।
आगामी सेप्टेम्बर महिनाबाट विश्वकप छनोटका खेलहरू प्रारम्भ हुँदैछन् । २०२२ को विश्वकप कतारमा २१ नोभेम्बर २०२२ देखि प्रारम्भ हुनेछ ।
प्रकाशित मितिः २०७८ साउन २२ शुक्रबार
Comments