काठमाडौंं । अष्ट्रेलिया क्रिकेट टिमले टी-ट्वान्टी सिरिजका लागि बंगलादेशको भ्रमण गर्ने भएको छ । अष्ट्रेलियाले अगष्टमा बंगलादेशको भ्रमण गर्ने पक्का भएको हो ।
अष्ट्रेलिया क्रिकेटले बिहीबार टिमले बंगलादेश भ्रमण गर्ने पुष्टि गरेको छ । घरेलु टिमसँग अष्ट्रेलियाले पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
ढाकामा हुने सिरिज अगस्ट ३ मा सुरु हुनेछ । सन् २०१७ पछि अष्ट्रेलियाले पहिलो पटक बंगलादेश भ्रमण गर्न लागेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ०७ बिहिबार
Comments