काठमाडौं । स्कटल्यान्डमा युरो कप २०२० हेर्न गएका करिब दुई हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य स्कटल्यान्डले एक हजार नौ सय ९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इङ्ग्ल्यान्डविरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ ।
गत जुन १८ मा लन्डनको वेम्ब्ली स्टेडियममा स्कटल्यान्ड र इङ्ग्ल्यान्डले खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । सोही खेल हेर्न सयौँको सङ्ख्यामा खेलप्रेमीले लन्डन भ्रमण गरेका थिए । जसमध्ये तीन सय ९७ जना वेम्ब्ली रङ्गशालामा उपस्थित थिए भने ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।
कोभिड १९ को प्रतिबन्धका कारण दुई हजार छ सय स्कटिसलाई मात्रै लन्डन भ्रमण गर्न पाएका थिए । टिकट नरहेको अवस्था लन्डन भ्रमण नगर्न सुझाव दिइएपनि दसौँ हजार स्कटिस लन्डन पुगेका थिए ।
अधिकांश प्रशंसक खेलअगाडि मध्य लन्डनस्थित लेष्टर स्क्वायरमा जम्मा भएका थिए । हाफटाइमपछि मात्रै प्रहरीले बलपूर्बक प्रशंसकलाई जम्मा हुन रोक लगाएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १७ बिहिबार
Comments