काठमाडौं । युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
फ्रान्सका लागि एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । यस्तै, हंगेरीका लागि एटीला फिओलाले एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा फर्काए ।
समूह ‘एफ’ मा रहेको फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ । हंगेरीले दुई खेलबाट १ अंक जोेडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०६ आइतबार
Comments