भक्तपुर, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज २ सयले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि २ सयले घटेर प्रति तोला ५८ हजारमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार हिजो प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Comments