सूर्यविनायक नगरमा हुने सबैखाले भ्रष्टाचारको जरो उखेल्ने हाम्रो प्रमुख एजेन्डा हुनेछ : नगर सभापति केसी

0

भक्तपुर । संसदको चौंथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठन विस्तारको क्रमलाई जारी राखेको छ । पार्टी विस्तारकै क्रममा भक्तपुरका चार नगरपालिकामा आफ्नो पार्टीका संगठन विस्तारलाई गति दिएको छ । हालै मात्र सूर्यविनायक नगरपालिका नगर कमिटीले पूर्णता पाएको छ । उक्त नगरको जिम्मेवारी मनोज केसीले सम्हालेका छन् । सूर्यविनायक क्षेत्रमा पार्टीको अवस्था, र आगामी दिनमा पार्टीको नगरको रणनीतिबारे केसीसँग भक्तपुरन्युजडटकमका प्रतिनिधिले गरेका कुराकानीको सारसंक्षेप :

तपाइँ सूर्यविनायक नगर कमिटीको सभापति चयन हुनु भएको छ कस्तो लागिरहेको छ ?

केसी : सबैभन्दा पहिला त म सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु , नयाँ जोश र उमंगकासाथ साथीहरुले नयाँ जिम्मेवारी वहन गर्ने मौका दिनु भएको छ, यसलाई म पूर्ण इमान्दार भएर कर्तव्य पूरा गर्ने प्रतिवद्धता जनाउँछु ।

सूर्यविनायक क्षेत्रमा रास्वपाको भविष्य कस्तो देख्नुहुन्छ ?

केसी : एकदमै राम्रो सम्भावना बोकेको पार्टीको रुपमा देख्छु । जनताको हरेक क्षेत्रमा परिवर्तनको चाहनालाई नियाल्ने हो भने सूर्यविनायक नगरमा मात्र नभएर भक्तपुर क्षेत्र नं. दुर्ईमा अबको दिनमा सबैभन्दा मजबुत र शक्तिशाली पार्टीका रुपमा विस्तार भएर आउने सम्भावना देख्छु । योे क्षेत्र रास्वपाका प्रभावशाली नेता सन्तोष परियारको समेत मतदान क्षेत्र भएकाले पार्टी विस्तारको व्यापक सम्भावना रहेको छ । अर्को कुरा भक्तपुर क्षेत्र नं दुर्र्इका नागरिक सदैव सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दछन्, जुन सकारात्मक परिवर्तनको दियो भनेको नै रास्वपा हो, त्यसकारण सूर्यविनायक मात्र नभएर देशैभरी रास्वपाको लहर छाउनेमा म ढुक्क छु ।

विभिन्न पार्टीमा अवसर नपाएकाहरु अहिले रास्वपामा आबद्ध भएका छन्, त्यसकारण पनि रास्वपाको भविष्य छैन भनिन्छ नि ?

केसी :  हो, राम्रा अनि हाम्रा सबैलाई रास्वपामा स्वागत छ । पार्टीको विधान र नीति, नियमभन्दा बाहिर गएर कसैले पनि काम गरे त्यसलाई पार्टीले तत्कालै कारवाही गर्नेछ । हाम्रो पार्टी सभापतिले बारम्बार भन्ने गर्नुहुन्छ देशको समग्र अवस्थाको परिवर्तनमा हातेमालो गर्न जुनसुकै पार्टीमा आबद्ध भएकालाई रास्वपाको ढोका खुल्ला छ, तर पार्टीमा आबद्ध भएपछि सबैखाले नराम्रा विषयलाई परित्याग गरेर मात्र पार्टी प्रवेशको ढोका खुल्ला छ, नत्र कारवाहीको पाटो भोग्नु पर्नेछ । कसले के भन्छ भन्दा पनि देश विकास र परिर्वतनका लागि हरेकले आ–आफ्नो योगदान दिउँ भन्ने समय आएको छ । रास्वपामा आबद्ध भएर देशमा विद्यमान बेथितिको उन्मूलनको मौकामा सबैले आ–आफ्नो क्षणिक स्वार्थलाई पूरा गर्ने उद्देश्य नलिएर चाखो र स्वतन्त्ररूपमा देश विकासमा लाग्नु हुनेछ भन्नेमा म विश्वस्त छु । रास्वपाको भविष्य छैन भन्नेहरुलाई समयले छर्लंग पार्नेछ ।

तपाइँ सभापति रहेको नगरपालिकामा ठूला दलहरुको वर्चश्व छ कसरी आफ्नो उपस्थिति जनाउनु हुन्छ ?

केसी  ;  सबैभन्दा पहिला ठूलो केलाई भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने देख्छु । राजनीतिमा कुनै पनि शक्ति ठूलो भन्ने हुँदैन, हामीले जनताको आवाजलाई बुलन्द पार्ने हो । विकासका काममा सबैसँग सहकार्य गर्दै यस क्षेत्रमा हुने विभिन्न खालका भ्रष्टाचार र कुरीतिको अन्त्य गर्दै समावेशी लोकतन्त्र र सामाजिक न्यायका विषयहरुलाई जोडतोडका साथ उठाउने छौं । हाम्रो उपस्थिति हरेक नगरवासीको मन–मस्तिष्कमा  गराउने छौं, केवलको पार्टीको नाममा त्र होइन ।

भ्रष्टाचारको जरोकिलो गाडेको नेपाली राजनीतिबारे तपाइँ के भन्नुहुन्छ ?

केसी : हाम्रो विकासको सबैभन्दा ठूलो शत्रु भनेको नै भ्रष्टाचार रहेको सबैलाई थाहा भएकै कुरो हो । हाम्रो पार्टीको प्रमुख एजेन्डा भनेको पनि भ्रष्टाचारमुक्त समाज निर्माण नै हो । विगतमा सूर्यविनायक क्षेत्रमा कस्ता खालका भ्रष्टाचार भए त्यसको खोजी गरेर जनतामाझ ल्याएर कारवाहीका दायरामा ल्याउने नै छौ, साथसाथै, यस नगरमा हुने सबैखाले भ्रष्टाचारको जरा उखेलेर निर्मूल पार्नेतर्फ लाग्ने नै हाम्रो पहिलो काम हुनेछ । हरेकले आफ्नो क्षेत्रमा हुने विभिन्न खालका भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने देश विकास गर्न कुनै अलौकिक चमत्कारको आवश्यकता पर्छ जस्तो मलाई लाग्दैन ।

र, अन्त्यमा…..।

केसी :  हो, तपाइँ हामी सबै मिलेरमात्र स्वच्छ समाज निर्माण गर्न सक्छौं, त्यसैले रास्वपामा कुनै लोभ लालच नराखेर हातेमालो गर्दै देशको विकास, निर्माण गर्न काँधमा काँध मिलाउन आउनु हुने हरेक नेपालीलाई रास्वपामा स्वागत छ । आजका हामी पुस्ताले देशलाई सही गन्तब्यतर्फ लान नसके भोलि हाम्रा सन्ततिले धिकार्ने छन् । अबको देश निर्माणको प्रमुख पात्र रास्वपा भएकाले सबैलाई रास्वपामा आबद्ध हुन आग्रह गर्दछु । र, आफ्नो विचार राख्ने मौका दिनु भएकोमा भक्तपुरन्युजडटकमलाई धन्यवाद ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション