सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

0

काठमाडौं । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि सुशान्तको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले सुशान्तले आत्महत्या भएको पुष्टि गरेको थियो ।

तर, अझै सुशान्तका प्रशंसक, परिवार र केही कलाकारहरूले सुशान्तको हत्या नै भएको र यसमा सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यहीबीच बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ ।

आत्महत्याको १७ दिनपछि आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो ।

जसले पुनःएकपटक सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको पुष्टि भएको छ । तर अझै पनि सुशान्तले आत्महत्या गर्नुको कारण भने पत्ता लागिसकेको छैन । प्रहरीले सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ ।

सुशान्तको आत्महत्याको खबर सार्वजनिक भएसँगै केही बलिउड कलाकार र प्रशंसकले इन्डस्ट्रीमा व्याप्त नेपोटिजम, ग्रुपिजमका कारण सुशान्त डिप्रेसनमा गएर यो कदम उठाएको आरोप लगाइरहेका छन् । प्रोफेसनल फ्रन्टबाट प्रहरीले अहिलेसम्म धेरैसँग सोधपुछ गरिसकेको छ तर त्यस्तो केही सुराक भेटिएको छैन । एजेन्सी
प्रकाशित मितिः२०७७ असार १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments