सुदीपसँग कुश्ती लड्दै देखिए सलमान

0
काठमाडौँ । कन्नड सुपरस्टार किच्चा सुदीपसँग बलिउडका सुपरस्टार सलमान खानको एक तश्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सुदीपले ट्विटरमा एक तश्विर साझेदार गरेका छन्, जसमा उनी ‘सुल्तान’ सलमानसँग कुश्ती लड्दै देखिएका छन् । तश्विरमा उनले लेखेका छन्, ‘पहलवान एण्ड सुल्तान’ ।
तश्विर साझेदार गर्दै सुदीपले क्याप्सनमा लेखेका छन्, ‘यो कुनै फिल्मको पोस्टर होइन । यदी उनी (सलमान) कसैसँग प्रेम गर्छन् भने यसरी घुलमिल हुन्छन् । आफ्नो जिन्दगीमा यो स्थान दिएकोमा धन्यवाद सलमान सर । म गर्व महशुस गरिरहेको छु ।’ वर्ष २०१६ मा आएको फिल्म ‘सुल्तान’ मा सलमान रेसलरको भूमिकामा थिए ।
अभिनेता सुदीप पनि प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पहलवान’ मा रेसलरको भूमिकामा देखिँदैछन् । यो फिल्ममा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीको पनि प्रमुख भूमिकामा छ । उनले सुदीपको कोचको भूमिका निभाएका छन् । यस फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र निकै रुचाइएको छ । १२ सेप्टेम्बरमा फिल्म रिलिज हुँदैछ ।
पहिलो पटक सलमान खान र किच्चा सुदीपको फिल्म ‘दबंग ३’ मा टिमअप भएको छ । अहिले दुबै यस फिल्मको छायांकनमा व्यस्त छन् । फिल्ममा सुदीप नेगेटिभ रोलमा छन् । उनी यो फिल्मको हिस्सा बन्न पाएकोमा निकै खुसी छन् । फिल्ममा चुलबुल पाण्डेको जवानीको समय देखिनेछन् । डिसेम्बरमा फिल्म प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार

Comments

comments

Share.
Loading...

Comments