कान्तारा राष्ट्रसंघको मानवअधिकार परिषद्‌मा

0

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘कान्तारा’ले एउटा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ । स्वीटजरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा यो फिल्म प्रदर्शनमा आउने भएको छ ।

यो फिल्म आज शुक्रबार परिषद कार्यालयको हल नम्बर १३ को पाथे बालेक्सर्टमा प्रदर्शन गरिन लागिएको हो । फिल्म प्रदर्शनका लागि लेखक, निर्देशक तथा अभिनेता ऋषभ शेट्टी जेनेभा पुगेर आफ्नो ओरल सबमिसन पूरा गरिसकेका छन् ।

सेन्टर फर ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसी (सीजीएपीपी) ले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको बारेमा जानकारी दिएको छ । ‘रिसभ शेट्टी जेनेभामा युएनएचआरसी सेशनमा वातावरण, मौसम र संरक्षणका विषयमा भारतीय फिल्मको भूमिकाका बारेमा बोल्नेछन् ।

सीजीएपीपीका निर्देशक अनिन्ध सेनगुप्ताले सेशनको समयमा उनलाई भेट्नेछन्’, पोलिसिले ट्वीट गरेको छ । ‘कान्तारा’को कन्नड भर्सन र हिन्दी भर्सन गत वर्षको नोभेम्बर ३० र अक्टोबर १४ मा रिलिज भएको थियो । फिल्ममा ऋषभसँगै सप्तमी गौडा र किशोर कुमारको प्रमुख भूमिकामा अभिनय थियो ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments