अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट

0

काठमाडौं । रक ब्याण्ड १९७४ एडीले टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ । अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो । आगामी चैत ४ गते शनिबारका दिन उक्त कन्सर्ट आयोजना हुने बताइएको छ ।

अष्ट्रेलियन दूतावास सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गर्न लागिएको हो । कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments