रणवीर र श्रद्धा अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक (भिडिओ)

0

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ।सार्वजनिक ट्रेलरमा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ। उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन्।

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ। रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो। यो फिल्म ८ मार्चदेखि प्रदर्शन हुनेछ।

‘तू झुठी मैं मक्कार’ रणवीर कपूरको अन्तिम रोमान्टिक कमेडी फिल्म हो। रणवीर प्रायः चक्लेटी हिरोको रूपमा देखिन्छन् तर केही समयअघि रणवीरले लभ रञ्जनको फिल्म आफ्नो अन्तिम रोमकम फिल्म हुने बताएका थिए।

यो फिल्मपछि उनी सन्दिप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ।

प्रकाशित मितिः २०७९ माघ १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments