राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ फेब्रुअरी ११ मा प्रदर्शन हुने

0

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेड्नेकर अभिनित फिल्म ‘बधाई दो’ फेब्रुअरी ११ मा प्रदर्शन हुने भएको छ। मंगलबार फिल्मको ट्रेलर सार्वजनिकसँगै फिल्मको पूर्वनिर्धारित मितिमा पनि परिवर्तन गरिएको फिल्मको निर्माण पक्षले जानकारी दिएको छ।

यसअघि फिल्म फेब्रुअरी २ मा प्रदर्शन हुने भनिएको थियो। ‘बधाई दो’ फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘बधाई हो’को सिक्वेलको रुपमा बनेको छ। फिल्म्लाई हर्षबर्धन कुल्कर्नीले निर्देशन गरेका छन्। फिल्मको लेखन सुमन अधिकारी, अक्षत घिल्डायल र निर्देशक कुल्कर्नीले गरेका छन्।

फिल्ममा भूमि र राजकुमारबीच विवाहपछिको अवस्थालाई प्रस्तुत गरिएको छ। फिल्ममा भूमिले सुमन सिंह, एक खेलकुदकी शिक्षकको भूमिका निभाएकी छिन्, जो महिलाप्रति आकर्षित हुन्छिन्। अर्कातिर, राजकुमार भने शर्दुल ठाकुरको भूमिकामा छन्, जो प्रहरी हुन्।

दुवै जना परिवारको दबाबका कारण विवाह बन्धनमा बाँधिन्छन्। तर, त्यसबीच सुमनकी प्रेमिकाको उपस्थितिले उनीहरुको जीवनमा हुने उतारचढाव र परिवारको दबाबको कथा फिल्ममा देखाइएको छ। फिल्ममा भूमिकी प्रेमिकाको रुपमा छम दरंगले अभिनय गरेकी छिन्।

फिल्ममा आफ्नो वास्तविक लैंगिकता लुकाउन परिवारको दबाबमा आई विवाह गर्ने एक पुरुष र महिलाको कथा देखाइएको छ। उनीहरु दुवै जना समलिंगी हुन्छन्। एजेन्सी

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments