आमिरले फातिमासँग विवाह गर्न लागेको खबर झूटो भएको दाबी

0

काठमाडौं । आमिर खानले फातिमा सना शेखसँग विवाह गर्न लागेको भनी आएको खबर झूटो भएको इन्डिया टुडेले लेखेको छ । केही महिनाअघि किरण रावसँग डिभोर्सको घोषणा गरेर आमिर खानले सबैलाई आश्चर्यमा पारेका थिए । त्यसपछि उनीहरूको डिभोर्सको कारण खोतल्न सबैजना लागिपरेका थिए ।

फातिमाकै कारण आमिर र किरणको डिभोर्स भएको पनि अनुमान गरिएका थिए । दंगलमा सँगै अभिनय गरेका आमिर र फातिमाले डेटिङ गरिरहेको दाबी समेत गरिएको थियो ।

लाल सिंह चड्ढा नामक फिल्म रिलीज भएपछि आमिर र फातिमाबीच विवाह हुने खबर चलाइएको थियो । यसअघि फातिमाले एक पत्रिकासँग कुरा गर्दै आफ्नो बारेमा नचिनेका मानिसले जथाभावी लेख्दा चित्त दुख्ने गरेको बताएकी थिइन् । एजेन्सी

प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments