क्रुज ड्रग्स पार्टी केस : अनन्या पाण्डेको घरमा एनसीबीको छापा

0

काठमाडौं । बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ ।

रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनले नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको भेटिएका छन् ।

एनसीबीले यसलाई प्रमाणको रुपमा अदालतमा पेशसमेत गरेको छ । क्रुज पार्टीमा अनन्या पनि समावेश भएको र एनसीबीले सुरुमा नै उनलाई त्यहाँबाट जान दिएको भारतीय सञ्चार माध्यमले रिपोर्ट प्रकाशित गरेका छन् ।

प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments