मिका सिंहको स्वरमा नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक (भिडियोसहित)

0

काठमाडौं । बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेको नेपाली गीत ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।

यो गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय छ । भिडियोलाई आकर्षक बनाउन निर्माताले राम्रै लगानी गरेको देख्न सकिन्छ ।

विभोर पोखरेल र दिलिप समनको निर्देशनमा तयार भएको भिडियोमा रोशन पराजुलीको लगानी छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments