शाहरुख खानका छोरा आर्यन तीन दिन सम्म जेल बस्नुपर्ने

0

काठमाडौं । मुम्बई क्रुज लागुऔषध मामलामा जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टोबर १३ अर्थात् यो बुधबारसम्म आर्थर रोडमा रहेको न्यायिक हिरासतमै बस्नुपर्ने भएको छ । उनको जमानतको मामलामा बुधबार दिउँसो २ः४५ मा सुनुवाई हुँदैछ ।

गत शुक्रबार आर्यनको जमानत निवेदन अदालतले अस्वीकार गरेपछि उनले पुनः अर्को नयाँ जमानत निवेदन अदालतमा दिएका थिए । आर्यनको पैरवी गर्नका लागि ‘हिट एण्ड रन’ मुद्धामा सलमान खानको पक्षमा वकालत गर्ने वकिल अमित देसाई अदालत पुगेका थिए । यद्यपि यो मामलाको सुनुवाई अक्टोबर १३ मा विशेष एनडीपीएस कोर्टमा हुनेछ । यता एनसीबीले जवाफ दिनका लागि अदालतसँग समय मागेको छ ।

‘यो निकै स्वाभाविक हो । यदि अदालतले जमानत निवेदन खारेज गरिदियो भने हामी यसकाविरुद्ध उच्च न्यायालयमा जानेछौं । हामीले मुम्बईको विशेष एनडीपीएस कोर्टमा जमानत निवेदन दर्ता गराएका छौं’ आर्यनका वकिल सतीश मानशिन्देले भनेका छन् ।

आर्यनको जमानत निवेदनमा उनीबाट कुनै किसिमको लागुऔषध बरामद नभएको र आरोपीसँग उनको कुनै साँठगाँठ नभएको उल्लेख गरिएको छ । यसबाहेक आर्यनले लागुऔषध सेवन गरेको या नगरेको भन्ने कुनै प्रमाण नभेटिएको निवेदनमा दाबी गरिएको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले अक्टोबर २ मा मुम्बईको एक हाइ प्रोफाइल रेव पाटीमा छापा मारेको थियो । जहाँबाट आर्यनसहित ८ व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रकाशित मितिः २०७८ असोज २५ सोमबार

Comments

comments

Share.
Loading...

Comments