इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित

0

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्ट्सले सहज जित निकालेको हो ।

खेलको १४औँ मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । उनले खेलको ५७औँ र ६०औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-१ जित दिलाए । जितसँगै युभेन्ट्स २५ खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ । लाजियो ४३ अंकसहित सातौं स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार

Comments

comments

Share.
Loading...

Comments