जिदानलाई कोरोना भाईरसको संक्रमण

0

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । रियलले शुक्रबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक जिदानलाई कोरोना देखिएको जनाएको छ । कोरोनाको संक्रमण देखिएपछि उनि सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।

रियलले उनको स्वास्थ्य अवस्थाबारे केहि बताएको छैन । ला लिगामा रियल दोस्रो स्थानमा रहेको छ । रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ७ अंकले पछि रहेको छ । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments