हाजार्ड कोरोना भाईरसको संक्रमणबाट मुक्त

0

काठमाडौं। रियल मड्रिडका अट्याकिङ मिडफिल्डर इडेन हाजार्ड कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको परिक्षणमा हाजार्डको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना मुक्त भएसँगै हाजार्ड रियलको अभ्यासमा फर्किएका छन् ।

हाजार्डलाई भिल्ला रियलविरुद्ध खेल्ने टिममा समेत रियलले समावेश गरेको छ । रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै रियलका अर्का खेलाडी इडर मिलिसाओ पनि कोरोना मुक्त भएका छन् । मिलिसाओ पनि रियलको अभ्यासमा फर्किएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments