जर्मन क्लबका थप दुई खेलाडीमा कोरोना

0

काठमाडौं । जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । डाइनामोले बिहिबार आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

यस अघि डाइनामोका दुई खेलाडीमा कोरोना देखिएको थियो । कोरोना देखिएपछि सम्पूर्ण खेलाडी र स्टाफलाई आइसोलेसनमा राखेको थियो ।

कोरोना देखिएका दुवै जनालाई आइसोलेसनमा पठाईएको समेत क्लबले जनाएको छ । यस्तै अन्य खेलाडीले भने शनिबारबाट प्रशिक्षण थाल्ने भएको छ । कोरोना भाईरसको महामारी जारी रहेपनि जर्मनी शीर्ष दुई डिभिजनका लगी गत शनिबारबाट सुचारु भईसकेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments